काठमाडौं, ३० असार । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात उपत्यकामा सञ्चालनमा आउन थालेका छन् ।
सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीहरुले यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।
महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात लगायतले सोमबारदेखि गाडी सञ्चालनमा ल्याएका हुन । बस रोकिदा व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले तोकिएको मापदण्ड अनुसार बस सञ्चालन गरिएको व्यवसायीहरुले जनाएका छन् ।
सरकारले एक पंक्तिको एउटा सिटमा एकजना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुचारु गर्न सकिने मापदण्ड तयार गरी सार्वजनि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
यस्तै बसमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ । यातायात व्यवसायीका संगठनहरुले भने विभिन्न माग राख्दै यातायात सञ्चालन नगर्ने बताउँदै आएका छन् ।
COMMENTS