14 July, 2020 4:16 pm


प्रदेशका एक सांसदलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं, ३० असार । कर्णाली प्रदेशसभामा विपक्षी दल नेतालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका गर्दा उनको रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिवले जानकारी दिए ।

पीसीआर परीक्षणमा संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । कर्णाली प्रदेशसभामा विपक्षी दल नेतालाई संक्रमण देखिएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको छ ।

शाही प्रदेशसभामा अति सक्रिय रहेको र पत्रकारसँगको सम्पर्कमा रहने नेता रहेकाले उनको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा. तिवारी बताए ।

सांसद, कर्मचारी, माननियहरुका स्वकीय सचिव र केही पत्रकारसहित १६० जनाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको लागिएको डाक्टर तिवारीले जानकारी दिए । उनका अनुसार सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन गर्ने तयारी गरिएको हो । सांसदलाई कोरोना देखिएपछि प्रदेश सभा सूचना टाँस गरि स्थगित गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board