14 July, 2020 4:37 pm


नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, ६ हजार ६९५ जना सक्रिय संक्रमित

काठमाडौं, ३० असार । नेपालमा विगत २४ घण्टामा थप ११६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,०६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौंका २ जनासहित ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमित ६ हजार ६९५ रहेको र निको भएकासहित जम्मा संक्रमित १७ हजार ६१ रहेको छ । हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

कोरोनाको जोखिमः रोकिएन कर्णालीमा नागरिक भित्रिने क्रम, व्यवस्थापन गर्न सकस

प्रदेशका एक सांसदलाई कोरोना भाइरसको संक्रमण

विश्व स्वास्थ्य संगठनले दियो यस्तो चेतावनी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board