15 July, 2020 4:43 pm


अनलाइन कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलबी बिदा दिने निजी विद्यालयको निर्णय

काठमाडौं, ३१ असार । साउन १ बाट निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गर्ने बताएका छन् ।आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् ।

उनीहरुले शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिनेसमेत निर्णय गरेका हुन् ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले आफूहरुका माग पुरा नगरेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेका छन् ।

अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board