15 July, 2020 5:12 pm


कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, ३१ असार । कोरोना भाइरस (कोभिड – १९) सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।

रौतहटको पर्रोहा नगरपालिका – ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निधन भएका व्यक्ति भारतबाट फर्किएका थिए।

उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रवक्ता गौत्तमले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board