काठमाडौं, २ साउन । आजका पत्रपत्रिकामा विशेष खबर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादबारे रहेको छ भने, बजेटको विषयमा प्राथमिक्ताका साथ खबर छापिएको छ। आजका नयाँ पत्रिकाले पहिलो पृष्ठमा नेपाल कम्युनिष्ट पार्टीको विवादबारे खबर छापेको छ । नयाँ पत्रिकामा छापिएको समाचार अनुसार सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि विवाद स्थायी कमिटीमै फर्किने निश्चित भएको हो । सहमतिको कुनै नयाँ निकास नआए पनि बैठक नरोक्ने विषयमा ओली, प्रचण्ड र नेपालबीच सहमति जुटेको थियो ।
स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ । नयाँ पत्रिकामा पहिलो पृष्ठमा यो खबर ‘नेकपा शक्तिसंघर्ष केन्द्रीय कमिटीमा लग्ने तयारी १५ दिनमा शीर्ष नेताबीच नौपटक संवाद, तर विवाद जहाँकोतहीँ, ओलीको प्रस्ट अडान: जस्तोसुकै स्थिति पनि सामना गर्छु, तर दुवै पद छाड्दिनँ’ शिर्षकमा छापिएको छ ।
त्यस्तै, नयाँ पत्रिकाले पहिलो पृष्ठमा विदेशमा जोखिममा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन सरकारले परिचालन गरेको जहाजको टिकट खरिदमा समेत कोलाबजारी भइरहेको छ । यसै पनि महँगो भाडा तय गरेकोमा कालोबजारी भएकाले पीडित मजदुर नेपाल फर्कन पाएका छैनन् ।
मध्यपूर्व र मलेसियालगायत मुलुकमा रहेका नेपाली फर्काउन सरकारले नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, फ्लाई दुबई र एयर अरेबिया एयरलाइन्सलाई अनुमति दिएको छ । जसमध्ये नेपाल एयरलाइन्सको टिकटको मूल्य तीन सय ७२ डलर तोकिएको छ भने हिमालयन एयरलाइन्सको तीन सय ८५ डलर छ । तर, फ्लाई दुबई र एयर अरेबिया एयरलाइन्सले आफूखुसी मूल्य तोकेका छन् । यो खबर आजको नयाँ पत्रिकामा ‘उद्धार उडानको टिकटमा कालोबजारी : उद्धारका लागि सरकारी सूचीमा परेका मजदुर उपेक्षित, एजेन्टले तोकेको भाडा तिर्न सक्नेलाई मात्र टिकट बेखर्ची श्रमिकलाई निस्शुल्क उद्धार गर्ने कार्यविधि पारित’ शिर्षकमा छापिएको छ ।
त्यस्तै, आजको अन्नपुर्ण पोष्टले पहिलो पृष्ठमा मेलम्ची सुरुङबारे विशेष खबर बनाएको छ भने, पहिलो पृष्ठमै नेकपाको विवादको विषयमा खबर छापेको छ । अन्नपुर्णमा छापिएको समाचार अनुसार सत्तारूढ नेकपाको दुईहप्ते ‘वार्ता–वि श्राम’ जहाँको तहीं पुगेको छ।
ओली दुवै पद नछाड्ने, दाहाल–नेपाल छोडाएरै छाड्ने अडानमा छन्। विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पनि वार्तामा बसे। साथमा वरिष्ठ नेता माधव नेपालसमेत राखिए। तर, दुवै पक्ष पुरानै अडानमा अड्किए।
स्रोतका अनुसार बिहीबारको बैठकमा एउटा सकारात्मक संकेत भने मिलेको छ– शुक्रबार स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत सामेल हुने। भदौ पहिलो साता केन्द्रीय समितिले बैठक बोलाउने र विवादलाई त्यसमा लग्ने। ‘अब स्थायी समिति बैठकले समसामायिक केही प्रस्ताव मात्र पारित गर्नेछ। यो खबर ‘‘वार्ता–विश्राम’ अर्थहीन’ शिर्षकमा छापिएको छ ।
त्यस्तै, अन्नपुर्ण पोष्टमा छापिएको समाचार अनुसार मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड रुपैयाँ थियो। यस वर्ष ५ अर्ब ९१ करोड ९९ लाख बजेट विनियोजन भएकोमा २ अर्ब ४५ करोड १८ लाख खर्च भएको छ। बर्सेनि लागत बढेसँगै अनियमित तवरले हुने खर्च पनि उकालो लागेको देखिएको छ।
काठमाडौं उपत्यकाको खानेपानी अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न तथा काठमाडौं, मेलम्ची र मण्डन उपत्यकावासीको जनस्वास्थ्य, जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसाथ आयोजना सुरु गरिएको थियो। यो खबर ‘मेलम्ची खानेपानी आयोजना : अनियमितताको अखडा’ शिर्षकमा पहिलो पृष्ठमा छापिएको छ ।
त्यस्तै, आजको नागरिक दैनिकले बजेटको विषयलाई मुख्य खबर बनाएको छ । भने, नेकपा विवादको विषयमा पनि प्राथमिक्ताका साथ खबरलाई पहिलो पृष्ठमा छापेको छ । समाचार अनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आन्तरिक विवाद प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषयमा पुगेर गाँठो परेको छ। असन्तुष्ट समूह प्रधानमन्त्रीबाट राजीनामा माग्ने, ओली पक्ष विधिसंगत ढंगले हटाऊ भन्ने अडानमा रहँदा निकास नदेखिएको हो।
बालुवाटारमा बिहीबार भएको त्रिपक्षीय छलफलमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले पार्टी विधिसंगत ढंगले सञ्चालन गर्ने हो भने ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहजीकरण गर्नुपर्ने बताएका थिए। ओलीले दुवै पदबाहेकमा मात्रै कुरा गर्न सकिने भन्दै पुरानै अडान दोहो(याएपछि छलफल बिनानिष्कर्ष टुंगिएको छ।, यो खबर आजको नागरिक दैनिकले पहिलो पृष्ठमा ‘गाँठो पर्दै नेकपा विवाद त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि रणनीति बनाउन छुट्टाछुट्टै बैठक’ शिर्षकमा छापेको छ ।
त्यस्तै, आजको राजधानी दैनिकले राजस्व संकलनमा उत्साहजन रहेको विषयलाई खबर प्राथमिक्ताका साथ छापेको छ भने, सिमामा सेना खटाउन कार्ययोजनाको विषयलाई पनि पहिलो पृष्ठमै खबर छापेको छ । समाचार अनुसार आन्तरिक राजस्व विभागले एक वर्षको अवधिमा ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाएको छ । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस प्रभावका बाबजुद पनि करिब चार महिनाको लकडाउन असार लागेपछि केही खुकुलो भएसँगै विभागले गत आर्थिक वर्ष २०७६(७७ को असार मसान्तसम्ममा सो परिणामको राजस्व संकलन गरेको हो ।, यो खबर राजधानी दैनिकले ‘एक वर्षमा झन्डै ४ खर्ब राजस्व संकलन’ शिर्षकमा पहिलो पृष्ठमा छापेको छ ।
त्यस्तै आजको गोरखापत्रमा बजेटको विषयमा मुख्य खबर छ भने, यातायात क्षेत्रको समस्यामा पनि सरकारको गम्भिरताको विषयमा खबर छापेको छ । पहिलो पृष्ठमा छापिएको समाचारमा पुनस्र्थापना पर्खदै मुक्तकमैयाको विषयालाई पनि प्राथमिक्ताका साथ खबर छापेको छ ।
त्यस्तै, आजको नेपाल समाचारपत्रमा नेकपा विवादको विषयमा विशेष खबर रहेको भने, बाढी पहिरो पीडितको व्यथाबारे विशेष खबर रहेको छ । समाचार अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । यसले गर्दा नेकपामा राजीनामा प्रकरण बल्झिएको छ भने विवाद चुलिँदै गएको छ ।
प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन प्रचण्डले आग्रह गरे पनि दुवै पदबाट राजीनामा नदिने अडान ओलीले राख्दा सहमति जुट्न नसकेको हो । दुई अध्यक्षबीच सहमति जुट्न नसकेपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी भएको छलफलमा सहमतिभन्दा पनि झन् विवाद चुलिएको छ ।, बल्झियो राजीनामा चुलियो विवाद शिर्षकमा यो खबर पहिलो पृष्ठमा छापिएको छ ।
त्यस्तै, आजको कान्तिपुर दैनिकले कोरोनाको विषयलाई मुख्य खबर बनाएको छ भने, स्थानीयतहमा भएको विकृतिको विषयमा पनि खबर प्राथमिक्ताका साथ छापेको छ । समाचार अनुसार धादिङका एक पुरुषलाई असार २७ मा कोरोना संक्रमण देखियो । कोरियाबाट फागुन १९ मा फर्किएका उनी कहिले धादिङ बस्थे, कहिले काठमाडौं । सरकारले पैसा तिरेर कोरोना परीक्षण गर्ने व्यवस्था ल्याएपछि उनी अस्पताल गएका थिए । परीक्षणमा पोजिटिभ देखियो ।
‘कुनै लक्षण थिएन तर रिपोर्ट पोजिटिभ आयो,’ उनले भने, ‘मलाई टेकु अस्पतालमा भर्ना गर्न एम्बुलेन्स पठाउँछु भनेका थिए । मैले घरमै बस्ने प्रस्ताव गरें । सुरक्षित विधि अपनाउँछु भनेपछि मेरो प्रस्ताव स्वीकार भयो ।’ उनी अहिले स्थानीय तहको सहमति र चिकित्सकको निगरानीमा मनमैजुस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।, यो आजको कान्तिपुरमा संक्रमितहरू घरमै, शिर्षकमा छापिएको छ ।
त्यस्तै, सरकारी निकायहरूले प्रतिस्पर्धा छल्नका लागि विकास–निर्माणसँग सम्बन्धित आयोजना टुक्य्राएर ७२ अर्ब रुपैयाँ बराबरको काम गरेको पाइएको छ । संघीय संसद् सचिवालय, सहरी विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र यसअन्तर्गतका ३५ कार्यालयले आयोजना टुक्य्राएर ठेक्का सम्झौता गरेका छन् ।
ठूलो लागतका आयोजनामा अनिवार्य प्रतिस्पर्धा गराउनुपर्ने, घटिघटाउमा काम हुने र भनेजति कमिसन नपाइने भएपछि सरकारी अधिकारीहरूले यस्तो चलाखी गरेका हुन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा प्रतिस्पर्धा छल्न टुक्य्राएर ७२ अर्बका ठेक्का , शिर्षकमा छापिएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकामा फ्रन्टपेजमा के के छापिए
COMMENTS