जेफ्री क्लाहन : मिडिया र शक्ति बीचको सम्बन्धलाई यहाँले कसरी चित्रित गर्नुहुन्छ ? र आजको प्रजातन्त्र र सार्वजनिक शिक्षाका लागि मिडिया शक्तिको महत्वपूर्ण प्रभावका सम्बन्धमा तपाईका बिचारहरु के छन् ?
एडवार्ड एस. हर्मन : मूलप्रवाहका मिडियाहरु प्रोपागाण्डा ढाँचाका अभिन्न संरचना हुन् र परिणामतः शक्ति संरचनाभित्र अवच्छिन्नरुपले नेताका साध्यहरुलाई सेवा गर्दछन् । यसको अर्थ त्यो प्रजातन्त्र र सार्वजनिक शिक्षा मूलप्रवाहका मिडियाहरुको प्रारम्भिक उद्धेश्यहरु होइनन्, पहिलोलाई यदि राम्रोसंग महसुस गरिएमा शक्तिशालीहरुका साध्यलाई विनास गर्न सक्नेछन् भने दास्रो पनि उपयुक्त हिसावले प्रसार र नियन्त्रण गर्न नसक्दासम्म शक्तिशालीहरुका लागि हानिकारक हुन सक्छ । यदि शैन्य लोकाचार तथा संस्कृति लगातार रुपले बढी महत्वपुर्ण बन्यो र असमानता पनि बढ्यो भने यी असंगतिहरु बढ्न सक्ने सम्भावना छ । मूलप्रवाहका मिडियाहरुले आफ्नो मानवतावादी प्रवृत्तिहरुसंगै लोकतन्त्रको सिमान्तीकरणप्रति आक्रामक प्रतिकृया जनाउनेछन् र ठूलो शैन्य र युद्ध बजेटलाई समान्यीकरण गर्नेछ ।
क्लाहन : प्रोपागाण्डा ढाँचालाई के ले पे्ररित ग¥यो ? यो ढाँचाका प्रति तपाईंका समग्र आशा र उद्धेश्यहरु के थिए ?
एडवार्ड : मूलप्रवाहका मिडियाहरुको सार्वजनिक अभिरुचिको पक्षमा काम गर्ने असफलता र मिडिया विश्लेषकहरुको मिडिया कुकृत्यको संरचनागत आधारलाई प्रयाप्त महत्व नदिने कार्यले हामीलाई प्रेरित ग¥यो । वास्तवमा त्यो ढाँचा औद्योगिक संगठनका ढाँचाबाट लिइन्छ जहाँ गत वर्षहरुका नमुना के थिए भन्ने कुराले संरचनाको दृढ स्वभाव र अन्ततः आर्थिक क्रियाकलाप कस्तो रहयो भन्न प्रमाणित गर्दछ । कम बिक्रेता हुनुको अर्थ तीब्र प्रतिस्पर्धामा कमी र अन्तत अधिकतम् लाभको मार्जिन हुन्छ । प्रोपोगण्डा ढाँचाले त्यत्तिकै स्वामित्व, लगानीका स्रोतहरु, समाचारका स्रोहरु र यिनिहरुको मिडियाहरुसंगको सम्बन्ध, धम्की दिन सक्ने क्षमताको सृजना, र बैचारिक क्षेत्रमा प्रभाव जमाउन सक्ने शक्ति मिडिया समाचार र सम्पादकीय कार्यलाई समेत किनारामा पार्ने जस्ता संरचनागत तथ्यहरुसंग सरोकार राख्दछ ।
हामीले मिडियालाई असर गर्ने आधारभूत शक्तिहरुमा यो ढाँचाले आफ्नो ध्यान केन्द्रित गर्दै समय समयमा देखिने दोहोरोे मापदण्ड र प्रोपोगण्डा अभियानमा उनिहरुको सहभागिता सम्बन्धमा तिनिहरुका छनोटहरुलाई व्याख्या गर्न मद्धत गर्नेछ भन्ने आशा ग¥यौं ।
क्लाहन : प्रोपागाण्डा ढाँचाको सैद्धान्तिक र वास्तविक संसारको जगहरु के हुन् ?
एडवार्ड : यो सैद्धान्तिक आधारले बेलायतका ठूला अर्थशास्त्री अल्फ्रेड मार्सललाई पहिल्याउने औद्योगिक संगठनको आर्थिक ढाँचामा निहित छ। तर हार्वड विश्वविद्यालयका एडवार्ड एस. म्यासन र उनका विद्यार्थी तथा पछि बर्कलेका प्राज्ञ जौ एस. बेनहरुसंग यसले अझ बढी आधुनिक स्वरुप ग्रहण गर्दछ । हाम्रो सोचाई वारेन ब्रिड, गे टचम्यान ,बेन बाग्दीकियन, फिलिप एलियट, एरिक बार्नाउ, पिटर गोल्डिङ्ग, स्टुवर्ट हल, लियोन सिगल जस्ता अग्रणी मिडिया विश्लेषकहरुबाट पनि प्रभावित बन्यो र हाम्रा कार्यहरुमा पनि अनुशरण गरिए । ‘बास्तविक संसार’ को आधार धेरै वर्षहरुसम्म कसरी मिडियाले समाचारको विशाल प्रवाहमा समाचारको छनौट, बेवास्ता गर्ने, महत्व दिने र सान्दर्भिक बनाउने जस्ता क्षेत्रमा गरेका हाम्रा आफ्नै अवलोकनहरु थिए र हाम्रा धेरै आलेख र पुस्तकहरुमा लेखिएका थिए ।
क्लाहन : के प्रोपागाण्डा ढाँचाले आलोचनात्मक डिस्कोर्ष बिश्लेषणसंगको खप्टयाईको (ओभरल्याप) हिस्सा लिन्छ ? कसरी तपाईं प्रोपागाण्डा ढाँचासंगको प्रतिरोध र बैमनश्यतालाई ब्याख्या गर्नुहुन्छ ?
एडवार्ड : आलोचनात्मक डिस्कोर्स ढाँचाहरुसंगको ओभरल्याप धेरै छन् । किनकी बिषय व्यापक छ र जहाँ एक अर्कामा अमिल्दा नहुने् तर फरक चिजमा महत्व दिने धेरै ट्रयाकहरु अनुसरण गर्न सकिन्छ । हामीले सुक्ष्म भाषा बिविधतामा जोड दिंदैनौ अथवा प्रभावहरुमा देखिने फरकहरु र जब कुलिन वर्ग विभाजित हुन्छ, त्यतिखेर विमतिको केही मात्रा स्विकार्य हुन्छ । हाम्रो जोड फराकिलो मार्गमा हुन्छ जसका माध्यमबाट शक्तिले मिडिया छनोटमा असर गर्दछ, कसरी यसले मिडिया अभियानमा खुराक दिन्छ र कसरी यो बिभिक्तिकरण र ब्यवस्थित दोहोरो मापदण्डमा परिणत हुन्छ । पे्रपागाण्डा ढाँचाले संस्थागत संरचनामा धेरै ध्यान केन्द्रित गर्दछ, जुन समाचार बनाउनुका पछाडि लाग्दछ र त्याहाँ एकाग्र धनको संसार र वर्गिय चाहनाको मुख्य द्धन्द रहन्छ । यसले गर्दा हामीले व्यवहार गर्ने क्षेत्रहरुमा अन्य गोरेटाहरु र सहायक गोरेटाहरु लागि धेरै ठाउँ छोड्दछ । प्रो्पोगण्डा ढाँचाको प्रतिरोध र शत्रुताका धेरै श्रोतहरु थिए । पहिलो चाहीं यो कट्टरपन्थताको आलोचना हो, जसको तात्पर्य यो हो कि यस्ले सामान्य सुधार जस्तै संरचनालाई त्यति धेरै परिवर्तन गर्दैन र मिडियाको प्रवेशद्धारलाई धेरै प्रभावित पार्दैन तथा मिडियाको प्रदर्शनद्धारा धेरै प्रभावित गर्दैन । यो गैर कट्टरपन्थीका लागिे प्रतिरोधको अर्को श्रोतलाई निल्न धेरै कठिन हुन्छ । अर्को प्रतिरोधको श्रोतका माध्यमले हामीले जटिल क्षेत्रलाई नमुना बनाउंदछौ । फलरुवरुप यसलाई धेरै यान्त्रिक भएको बनाउंदछ र त्यही समयमा ढाँचामा भएका तत्वहरुको महत्वलाई कम बनाउंदछ । तर हामीहरुले दावा गर्दैनांै कि यस्ले सबै चिजको व्याख्या गर्दछ । हामी स्पष्ट छौं कि कुलिन वर्गको बिविधता र स्थानीय तत्वहरुले मिडियाको नतिजामा प्रभाव पार्न सक्दछन् । हामीले बहस गर्दछौ कि यो ढाँचाले धेरै जसो मुद्धाहरुमा राम्रो काम गर्दछ र जुन राम्रो छ त्यसको प्रतिक्षा हामी गर्दछौ । तर हामीले स्विकार गर्दछांै कि त्यहाँ मिडिया अध्ययनका लागि प्रर्याप्त स्थान छ, जुन प्रोपागाण्डा ढाँचामा आधारित छैनन् । त्यही एउटै स्थानले गोरेटाहरुको अनुसरण गर्ने असफलताका लागि आलोचना गर्ने एउटा बाटो खुला गर्दछ र ती स्थानहरु तिनै गोरेटाहरुले भर्दछन् ।
क्लाहन : मलाई धेरै बिन्दुहरुमा सल्लाह दिइएको छ कि त्यसले राजनैतिक आलोचना प्रतिनिधित्व गर्न प्रोपागाण्डा ढाँचा प्रयोग गरेर अध्ययन गर्दछ । निरन्तर प्रसारण भइरहने प्रोपोगण्डा संरचनाको गलत आलोचनाहरु र गलत अवधारणाका प्रति तपाईका बिचारहरु के छन् ?
एडवार्ड : जसरी मैले उल्लेख गरेको छु कि यो एउटा कट्टरपन्थी , एउटा वर्गमा मात्र आधारित, एक वर्गप्रति पूर्वाग्रही ढाँचा हो र यो आफैंमा धेरै शत्रुताको ब्याख्या गर्दछ । त्यसले यसलाई राजनैतिक बनाउँदछ, यस्ले विश्लेषण गर्दछ र दिइएको यथास्थितिको अवस्था ग्रहण गर्दछ र आफुहरुलाई गैरराजनैतिक आधुनिक सुधारमा सिमित गर्दछ । यो प्रकारको आलोचना अव्यक्तरुपले राजनैतिक हो । प्रोपागाण्डा ढाँचाको प्रयोगले खास मुद्धाहरुमा शासक वर्गको हितमा काम गर्दछ र मूलप्रवाहको मिडियामा निरन्तर स्थान (परोपकारी काम, आर्थिक संकटका समयमा सरकारी हस्तक्षेप बिरुद्ध बजारको श्रेष्ठता) जमाउँदछ । तर हामी स्पष्ट छांै कि शासक वर्ग केही मुद्धामा विभाजित हुन सक्दछन् जस्ले गर्दा मिडिया र पत्रकारहरुले राम्रो नतिजा पनि प्राप्त गर्न सक्दछन् ।
क्लाहन : सान्दर्भिकताको प्रश्नका सम्बन्धमा, के तपाईंले प्रोपोगाण्डा ढाँचालाई आधारभूतरुपले प्रजातान्त्रिक हुने किसिमले बनाउनुभयो, जुन विशेषज्ञ तथा गैर विशेषज्ञहरुद्धारा समानरुपले अध्ययन गर्न या उपयोग गर्नका लागि उपलब्ध छ ?
एडवार्ड : हामीहरु प्रजातन्त्रवादीहरु हांै र कुलीनवर्गीय शासन र ठूलो असमानताकोे बिरोध गर्दछौं । प्रोपोगण्डा ढाँचाले मूलधारका मिडियाहरुलाई कुलीन वर्गीय संस्थाहरु भएको देखाउँदछ, जस्ले सर्बसाधारणको नभई कुलिन वर्गको सेवा गर्दछ । यो हाम्रा लागि अल्पविकसित तथ्य जस्तो लाग्दछ, तर ढाँचाले यस्को मूल बिषेशताबाट आफूलाई अलग बनाउँदछ ।
हामीले यो बिज्ञहरुका लागि मात्र भनेर लेखेनौं, यो सबैका लागि भनेर लेख्यौं । स्पष्टरुपले कुलिनवर्गको हित र उनीहरुका समर्थकहरुको साथ र सहयोगले यो ढाँचाको धक्काले वाक्क लाग्ने र गलत नेतृत्ववाला ढाँचा हो भन्ने चाल पाउनेछन् ।
सामाजिक यथार्थता ज्यादै जटिल हुन्छ, तर त्यसैकारणले गर्दा यो ढाँचा सापेक्षरुपले साधारण र सिधै भएकाले बिशेषज्ञ उपयोगी छ र जटिलतालाई आवश्यकताले काट्दछ । साधारण व्यक्तिले कुलिन वर्गले जस्तै यथार्थतालाई पक्डिन सक्दछ, तर हामीहरु उनीहरुलाई यस्तो संसार जहाँ कुलिनवर्गको हितले सवैजसो यथार्थतालाई भ्रममा राख्ने कोशिस गर्दछ । त्यस्तो परिबेशमा पनि यो गर्न लगाउन पाएकोमा धेरै खुशी छौं ।
क्लाहन : आज कुन हिसावले प्रोपोगण्डा ढाँचालाई रुपान्तरण, सुधार र सामयिक बनाउन सकिएला ?
एडवार्ड : हामीले यस्लाई सन् २००२ मा एउटा महत्वपूर्ण बैचारिक आधारकारुपमा स्वतन्त्र बजार विचारधारामा संलग्न गर्न कम्युनिष्ट बिरोधी पूरकका रुपमा परिमार्जन ग¥यौं । हामीले सम्भवत यस्लाई सबिस्तार बताएर सुधार गर्न सक्दछौं । जसरी कुलीन वर्गको बिभाजन र स्थानीय कारणहरुले मिडियामा असर पार्दछ र असन्तुष्टिलाई स्थान दिन्छ । यद्यपि बनको दृष्य रुखहरुको भ्रममा हराएझंै यो पनि हराउने भय त सधैं रहन्छ नै । हाीमले यसलाई बढ्दो शैन्य आदेश र युद्ध तथा त्यसको लगत्तै हुने युद्ध प्रोपोगण्डा बृद्धिमा अद्यावधिक गर्न सक्दछौं । हामीले यो कुनै निर्माणका लागि दिइने स्विकृतिको संस्करणको २० औं बार्षिकोत्सव मनाउन बोडले हेडद्धारा बेलायतमा प्रकाशित हुने संस्करणका लागि प्रसंशा गर्दा गर्न सक्दछौं ।
क्लाहन : के प्रोपागाण्डा ढाँचा टेलिभिजन समाचार र इन्टरनेट जस्ता अन्य मिडियामा प्रयोग गर्न सकिन्छ ? गरिनु पर्दछ ? त्यस्तै लोकप्रिय फिल्म तथा हांस्य पुस्तकहरुको सन्दर्भमा के हुन्छ ? यो ढाँचासंग सम्बन्धित साधारण सिद्धान्तहरुलाई प्रयोग गरेर के मिडिया सामाग्री अथवा प्रसंगका विविध राजनैतिक आर्थिक तत्वहरु अन्वेषण गर्न सम्भव छ ?
एडवार्ड : यो ढाँचा निश्चितरुपले टेलिभिजन समाचारमा लागू हुन्छ र वास्तवमा अन्य मिडियाका रुपहरुमा पनि प्रयोग हुन सक्छ । त्यस्तै यस्ले मजवुत कुलीन वर्गीय स्वार्थमा, विज्ञापन प्रवद्धनमा, र तिनिहरुको स्वामित्वका लागि काम गर्दछ । धेरै महत्वपूर्ण संस्थाहरु जस्को नाम हामीले लिन्छांै, ति सबै मिडिया समूहका अंशहरु हुन र उस्तै दवाव र नियम अन्तर्गत सञ्चालित हुन्छन् । यी मिडियाका विशेष रुप र स्थानीय अवस्था हुन सक्दछन्, जसले प्रोपोगण्डा ढाँचाको प्रयोजनमा आउन सक्ने गुणलाई रुपान्तरण गर्दछ ।
(यो अन्तर्वार्ता हर्मन चोम्स्कीको प्रोपागान्डा ढाँचा र ‘दि प्रोपागान्डा मोडल टुडे’ नामको संकलित पुस्तकको प्रकाशनको ३० औं बार्षिक दिवस मनाउन सन् २००८ मा ‘फिफ्थ स्टेट अनलाइनमा’ प्रकाशन भएको एडवार्ड एस. हर्मनको मौलिक अन्तर्वार्ता यो लेखले प्रस्तुत गर्दछ । यो अन्तर्वाताले प्रोपोगान्डा ढाँचाको उत्पत्ति, यस्को साझा आलोचना, सुरुवातपछिको दुई दशकमा यसको अद्यावधि गर्ने तरिका तथा के यो ढाँचा अन्य मिडिया (टि.भी, समाचारपत्र, रेडियो कुराकानी, ईन्टरनेट, पप संगित, म्युजिक भिडियो, र हाँस्य पुस्तकहरुमा) प्रयोग गर्न सकिन्छ या गरिनुपर्दछ भन्ने विषयमा अन्वेषण गर्दछ । अन्तर्वार्तामा प्रयुक्त मौलिक प्रश्नहरु सम्पादित र छोट्टाईएका छन् र सन्दर्भ ÷ग्रन्थसुची थपिएका छन्, जसउले पाठकहरुलाई अन्तर्वार्ता भित्र चर्चा भएका विषयवस्तु तथा सवालहरुलाई पत्ता लगाउन निर्देश गर्दछ । – जेफ्री क्लाहन सार)
काउन्टरपन्चडटओरजीबट, नेपाली रुपान्तरः कृष्ण पौडेल ।
COMMENTS