काठमाडौं,३ साउन । शुक्रबार राति मध्यरातमा पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि बम प्रहार भएको हो । यादवमाथि अज्ञात समूहले सिरहाको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला बम प्रहार गरेको बताइएको छ । विस्फोटले घरमा क्षति पुर्याएको छैन । उनको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ । छर्रा लागेर यादव कोठामै बेहोस् भएपछि उनलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको स्वास्थ्यकर्मी महेश यादवले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिएसपी बिनोद घिमिरे भने बम पड्केको भनिए पनि अवशेष कहिँकतै फेला परेको छैन । बम प्रहार गर्नेलाई चिन्न सकिएको छैन । हामी अनुसन्धान गर्दै छौँ। उनले भने विस्फोटक पदार्थ प्रहारबाट घाइते भएका भनिएका सुबरणजीको शरीरमा पनि गहिरो घाउ देखिदैन।
COMMENTS