काठमाडौं, ५ साउन । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटस्थित सुकुम्बासी बस्तीमा पानिको बहाव पसेको छ । बागमती नदीमा पानिको बहाव बढेर सुन्दरीघाटस्थित सुकुम्बासी बस्तीमा बाढी पसेपछि त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ ।
यता, आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको चागुनारायण नगरपालिका–६ नगरकोटमा अविरल वर्षाका कारण पुल हाउस भत्किएको छ रामबहादुर तामाङले सञ्चालन गरेको पुल हाउसको पर्खाल भत्किँदा २ लाखको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
त्यस्तै,ललितपुरको बाग्मती गाउँपालिका–५ रुम्बामा सड्क अवरुद्ध भएको छ । चापागाउँबाट गिम्दी जाने बाटो अवरुद्ध भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
COMMENTS