सप्तरी, ५ साउन । लगातार दुई दिनदेखी भइरहेको वर्षाले सप्तरीका विभिन्न खोला, नदीमा पानीको बहाव बढेपछि जिल्लाका झण्डै तीन सय घर डुवानमा परेका छन् । वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिकाका अधिकांश वडा डुवानमा परेको छ ।
स्थानिय नदी र खोलामा पानीको बहाव उच्च भएपछि बाढी पस्दा तिलाठी कोइलाडी गाउँपालिका सकरपुराका ५०, बेल्हीका ३०, हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका ७५ घर डुवानमा परेको र उनीहरु बिस्थापित भई सुरक्षित स्थानमा पुगेको सम्बन्धीत स्थानिय तहका प्रमुखहरुले जानकारी दिएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाको बेल्ही र सकरपुराका बस्तीमा दुई फिटसम्म पानी जमेको गाउँपालिका विपद् व्यबस्थापन समितिका अधिकृत राजेश झाले जानकारी दिए । पानी पसेका कतिपय घरमा सर्वसाधारण खाटमा बसिरहेका छन् ।
सकरपुरामा सयौं विगहामा लगाइएको धान बाली सखाप भएको पीडित किसानहरुले बताएका छन् । जिता नदीको बाढी पस्दा मंसापुरका २५ घर डुवानमा परेको स्थानिय सत्यनारायण मण्डलले बताए ।
यस्तै भलुवाही खोलाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नं. १, २, ५, ६, ७, ८, १० र १५ का १ सय ५० घर डुवानमा परेको छ । ती वडाका अधिकांश घरमा समेत पानी छिरेको छ । निरन्तरको वर्षाले खाँडो, त्रियुगा, सप्तकोशी, जिता, बलान, खडक, महुली लगायतका नदी खोलामा पानीको बहाव उच्च भई आसपासका बासिन्दा जोखीममा परेका छन् ।
निरन्तरको वर्षासँगै खाँडो तथा बलान नदीको बहावले पश्चिमी तटबन्ध नजिक कटान थालेपछि आसपासका बासिन्दालाई सचेत तथा सुरक्षित गरिनुका साथै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ । यसको भिजुवल एफटिपि सप्तरी “æ2077 shrawan 5 flood visualÆ” फोल्डरमा रहेको छ ।
COMMENTS