काठमाडौं, ६ साउन । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेको प्रहरीले जनाइएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङकाका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।
COMMENTS