नेपाललाई स्विस सरकारले दियो २० हजार पीसीआर किट

काठमाडौं, ९ साउन । नेपाललाई स्विटजरल्याण्ड सरकारले कोरोना संक्रमण परीक्षण गर्न थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेको छ ।

शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जसमध्ये २० हजार थान किट नेपालस्थित स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले हस्तान्तरण गरेकी छन् । बाँकी २० हजार थान अगस्ट महिनामा नेपाल आइपुग्ने स्विस दूतावासले जनाएको छ ।

नेपालस्थित स्विस दूतावासका अनुसार स्वीस सरकार विकास सहयोग एसडीसी मार्फत स्विस सरकारले नेपाललाई ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

कोभिड १९ को राहत र पुनर्स्थापनाको लागि एसडीसीले विराटनगरको कोशी कोभिड अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टम स्थापना गरेका छ । स्विस दूतावासका अनुसार उदयपुरको आइसोलेसन निर्माणको अनुमानित ३ करोड २० लाख रुपैयाँको करिब आधा १ करोड ५० लाख पनि सहयोग गरिसेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board