माइतीघरमा प्रदर्शनः ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’

काठमाडौं, ९ साउन । सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध आज माईतीघरमा प्रदर्शन भएको छ ।

श्रीमतीको हत्या गरेर जेल बसेका कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

विरोधमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board