लमजुङमा यो बर्ष मात्रै ८६ महिला-बालबालिका बेपत्ता !

लमजुङ, ११ साउन । पहाडी जिल्ला लमजुङमा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा कमी आउन सकेको छैन । प्रेममा धोका खाएर, गलत साथीको सङ्गत, सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घर झगडा, अन्तरजातीय प्रेमलगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ ।

गत चालू आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि असार मसान्तको एक वर्षको अवधिमा ८६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यीमध्ये ६४ महिला, तीन बालक, १६ बालिका र तीन ज्येष्ठ नागरिक छन् । हराएकामध्ये ४२ महिला, तीन बालक, १४ बालिका र दुई ज्येष्ठ नागरिक फेला परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीले बताईन्। उनका अनुसार अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक भेटिएको छैनन् । हराएका महिला तथा बालबालिकाको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा १०५ महिला तथा बालबालिका हराएका छन् । जसमा ७३ महिला, सात बालक, २५ बालिका रहेका छन् । सोमध्ये ५२ महिला, चार बालक र २० बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै आव २०७३÷७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । जसमा २३ महिला, १२ बालक र १८ बालिका छन् । सोमध्ये २३ महिला, १२ नै बालक र छ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ ।

विभिन्न सचेतनामूलक कार्यक्रम जिल्लामा हुँदै आए पनि महिला तथा बालबालिका हराउने सङ्ख्यामा कमी आउन सकेको छैन । जिल्लामा मानव बेचबिखनको घटना भने न्यून रहेको पाइन्छ । तीन आर्थिक वर्षको अवधिमा दुई मात्र बेचबिखनका मुद्दा रहेको प्रहरीको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board