काठमाडौं, १५ साउन । थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चना कर्मचारीमा कोरोना पुष्टि भएको बताए ।
योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।
COMMENTS