जनकपुरधाम, १८ साउन । दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र ज. १ म. २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु प्रहरीले बताए ।
दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज. १ म. २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार श्याम साह घाइते भएका छन् । प्रहरीका अनुसार टाउकोमा चोट लागेका उनको धनुषाको महेन्द्रनगरमा उपचार भईरहेको छ ।
COMMENTS