डिस होमद्वारा इन्टरनेट सेवा प्रदान

काठमाडौं, १९ साउन । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गरेको छ ।

डिस मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको हो । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनीले बजार विस्तारको योजना सहित सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार सुरुवाती चरणमा तीन स्थानमा सेवा विस्तार गरिएको छ । ‘हामीले भैंसीपाटी क्षेत्र, तिनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध क्षेत्रमा इन्टरनेट सेवा सुरु गरिएको छ । भैंसीपाटी र कपन एरियामा आफ्नै फाइबर विस्तार गरी सेवा प्रवाह गरिरहेका कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । तीनकुने–बानेश्वर क्षेत्रमा भने स्पेस टाइम्स नेटवर्क (कम्पनीकै अर्को संस्था सिम टीभी) को मुख्य कम्पनीसँग सहकार्य गरी फाइबर इन्टरनेट दिन थालेका उनले जानकारी दिए । अबको एक महिनाभित्र कम्पनीले इन्टरनेट प्रयोगकर्ताको संख्या १२ हजारको हाराहारीमा पुर्‍याउने लक्ष्य लिएको छ । कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोड बाहिर सेवा विस्तार गरिसक्ने योजनाका साथ काम गरिरहेको आचार्य बताउछन् ।

‘हाम्रो पहिलो योजना रिङरोडभन्दा बाहिर सेवा विस्तार गर्ने र त्यसपछि रिङरोड भित्र प्रवेश गर्ने लक्ष्य कम्पनीको रहेको छ । अर्कोतर्फ कम्पनीले स्याटेलाइट इन्टरनेटलाई पनि विकल्पको रुपमा अघि बढाउने जनाएको छ । गाउँ गाउँमा फाइबर विस्तार गरी सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइटमार्फत इन्टरने सेवा दिने तयारी गरेको समेत आचार्य बताउछन् ।

स्याटेलाइट इन्टरनेट नयाँ प्रविधि भएकाले सबै सामान बाहिरबाटै खरिद गर्नुपर्ने भएको हुदाँ कोरोनाका कारण आवश्यक सामान नेपाल आउन नपाएको समेत आचार्यले बताए । त्यसैले अहिले फाइबर इन्टरनेटबाट सेवा सुरु गरिएको हो उनले भने अव चाँडै नै स्याटेलाइट इन्टरनेटको काम पनि सुरु हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board