काठमाडौं, २० साउन । काठमाडौं उपत्याकामा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन् ।
COMMENTS