काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना भाइरसका संक्रमित देखिएका छन् । गत २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर थप ३६० जना कोरोना भाईरसका संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत देशभरका विभिन्न प्रयोगशालमा गरिएको परिक्षणबाट ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।
COMMENTS