काठमाडौं, २३ साउन । नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको जानकारी दिए ।
थप पाँच जनाको मृत्यु
नेपालमा वितेको २४ घण्टाभित्र कोरोना भाईरसबाट थप पाँच जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको मन्त्रालयको प्रवक्ता गौतमले बताए ।
मन्त्रालयले बिहीवार पाँच जनाको मृत्यु भएको पुष्टि गरेको थियो। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित फेला परेका हुन् । योसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको हो ।
COMMENTS