दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिरे । गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरुका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन् । भारतमा हातमुख जोड्न परिवारका साथ गएका उनीहरुले चार महिना मात्रै काम गर्न पाए । गत चैत ११ गतदेखि बन्दाबन्दीले काम गर्न पाएनन् ।
“बन्दाबन्दी भएको पनि चार महिना बढी भयो । काम गरेको ज्याला ठेकेदारले पनि दिएको छैन । छाक टार्न खाद्यान्नको जोहो ग¥यो, घर आउन खर्च दिएको छैन ।” उनले भने, “मजदुरी गरेको पैसा नदिएपछि केही गाउँले डिडिहाटमै बसेका छन् भने १८ जनाको टोली घर जान भन्दै दार्चुला खलङ्गा पुगेका छन् ।”
दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल तर्दै खलङ्गा खुलामञ्चमा आइपुगेका उनीहरु भोकभोकै बसेका छन् । कोरोनाको त्रासका बीच उनीहरुलाई सहयोग गर्न कोही पुगेका छैनन् । ताराका श्रीमान् तिलमान शाही उनी नजिकै घाममै सुतेका थिए । छोरा खेल्दै थियो । ठूलो भारीसँगै पल्टिएका उनीहरुमा स्वदेश छिरेकामा झन् पछुतो छ । सरकारले उद्धार गर्ला भनेरै जन्मस्थान आएका उनीहरु पानीसमेत खान नपाई खुला ठाउँमा बस्न विवश छन् ।
सिञ्जा–६ कै राजीनन्दा आचार्यको भारतमा मजदुरी गर्न जाँदा छोरी प्रियङ्का चार महिनाकी थिइन् । अहिले १० महिना भएको छ । दूधे बालकसहित मजदुरी गर्न डिडिहाट पुगेका उनको अनुहार मलिन छ । जेठी छोरी दिया पाँच वर्षकी भइन् । बूढाबूढी मजदुरी गर्न आएका थियौँ, बन्दाबन्दीले काम गर्न पाइएन । “घरको चुलो बाल्नसमेत समस्या भएको छ । काम गरेर पनि पैसा पाइएन । जेठी छोरीले कान्छी छोरी हेर्ने, श्रीमान् हरिचन आचार्य र आफूले काम गरेको पैसा पनि पाएका छैनौँ । घर जान आएका हौँ, तर घर कसरी जाने ? गाडीमा चढ्न सकिने अवस्था छैन । पहिले रु दुई÷तीन हजारमा पुगिने ठाउँमा अहिले रु एक लाख ६० हजार तिर्न हामी मजदुरी गरेका मान्छे कहाँ सक्छौँ”, उनले भने ।
स्वदेश फर्किन रु पाँच÷सात हजार बोकेर आएका थिए । भोकभोकै घामको तापमा बसेका उनीहरुले सुनाए । जुम्ला तल्लोचन्दनाथ नगरपालिका–८ का मदन विकले भने, “अहिले हामीले भोट दिएका जनप्रतिनिधि पनि उद्धार गर्न सकिँदैन भन्छन् ।” “चार महिना भारतमा काम नगरी बस्नुप¥यो । रु चार÷पाँच हजार भाडा तिरेर भए त गाउँ जान सकिहाल्थौँ”, उनले भने,, “पूरै बस रिर्जभ गर्न कहाँबाट पैसा ल्याऔँ ।” १८ जनाको समूहमा पनि छ बालबच्चा छन् । चार महिला छन् । गाउँमै रोजगारी पाएको भए दूधे बालक ल्याएर भारतमा मजदुरी गर्न जाने रहर कसको थियो र उनले भने ।
“रोजगारी गुमाएका छौँ, ठेकेदारले काम गरेको पैसा पनि दिएको छैन”, गाउँपालिका र नगरपालिकाले उद्धार गर्न सक्दैनौँ भन्छ । हाम्रो सरकार कहाँ छ । भोट दिएर जिताएका थियौँ, अहिले उद्धार गर्न सक्दैनाँै भने यही चौरमा त्रिपाल टाँगेर बस्नुको विकल्प छैन्”, उनले भने, उनीहरु दिनभर खुला चौरमै बसेका छन् । बिहान पुल खुल्छ भने पनि साहु ठेकेदारले बिहानै धार्चुला पु¥याएको थियो । बिहान साढे १० बजेतिर पुल खुल्यो, कोरोनाका कारण पसलमा गएर किन्न दिएनन् । प्रहरीले लाइन लगाएर खुलाचौरमा राखेको छ । पानीसमेत खान पाएका छैनौँ ।
कानका सुन्दरी नगरपालिका–६ का हाँसे कामीले भने, “अहिले स्थानीय सरकार, प्रदेश सरकारले घर पु¥याउन पनि सहयोग गरेन भने हामीले पनि के गर्नुपर्छ जानेका छौँ”, चेतावनी दिए । भोट माग्दा जसरी हामीकहाँ आउथे, अहिले समस्यामा पर्दा कोही हेर्दैनन् ।” “भारतमा त्रिपालमुनि चार महिना बढी बितायौँ, आफ्नो देशमा पुग्दा पनि सहारा पाउँदैनौँ । हामी ठूला मान्छे त भोकतिर्खा सहन्छौँ, तर बालबालिका छन्, उनीहरु कसरी भोकभोकै बस्न सक्न्छन् ।”
“त्रिपालमुनि भए पनि खान पाएकै थियो, आफ्नो देश फर्कियौँ भनेर आयौँ । तर यहाँ आउँदा पनि झन् बेहाल भएको छ”, उनले सुनाए । “गाउँमै रोजगारी पाइने भए हामी बालबालिकासहित किन भारतमा मजदुरी गर्न जान्थ्यौँ र ?” गाउँमा आएको पैसा तिनै नेता र उनीहरुका आफन्तलाई पुग्दैन, भारतकै रोजगारीले अहिलेसम्म परिवार पालेका थियौँ । हरेक वर्ष मजदुरी गर्न भारतको कालापहाडसम्म पुग्ने गरेका उनीहरुलाई यस पटक भने कोरोनाका कारण काम गर्न नपाएर समस्यामा परेका छन् ।
उनीहरुलाई गाउँ पठाउनेबारे हामीसँग केही अधिकार छैन, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले भने, “प्रहरीलाई मात्रै टाउको दुखाइ छ । उनीहरुलाई कसरी पठाउने कहाँ राख्ने अन्योल नै छ ।” नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएर शनिबार ४९ जना भित्रिएका छन् भने ४० जना भारत धार्चुला गएको प्रहरीले जनाएको छ ।
COMMENTS