काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लक्षित गरेको टिप्पणीप्रति प्रधानमन्त्रीको सचिवालयले निन्दा र खेद प्रकट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै जसपाले प्रयोग गरेको भाषा शैलीलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापनको संज्ञा दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज प्रेस नोट जारी गर्दै जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिको एक अंशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । थापाले ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको टिप्पणीप्रति अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको बताएका छन् ।
जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको बताएको थियो । पार्टीको साउन २१ देखि २४ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निष्कर्ष निकालेको थियो ।
COMMENTS