काठमाडौँ, २७ साउन । संवैधानिक निकायका एक प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो ।
सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले गरेको सामूहिक परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण देखिएको हो । उनीसँगै स्वाब दिएका अरुको रिपोर्ट भने आउन बाँकी रहेको छ ।
COMMENTS