काठमाडौं, ३० साउन । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । न्युरोड क्षेत्रका उक्त व्यापारीमा कोरोना संक्रमण देखिएपछि न्युरोडका पसलहरु बन्द गरिएको छ ।
विज्ञप्ति जारी गर्दै वडा कार्यालयले न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्न आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध शालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।
व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडानम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालयको अनुरोध छ ।
COMMENTS