काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा ४६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको कुल संख्या यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
COMMENTS