काठमाडौं, ३२ साउन । काठमाडौंस्थित न्युरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पुरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको हो ।
काठमाडौं–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनका अनुसार काठमाडौंको व्यापारिक केन्द्र न्युरोड क्षेत्रका पसल कोरोना फैलनबाट नियन्त्रणका लागि बन्द गरिएको हो । खिचापोखरी, गुच्चा टोल, ओटु लगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड–१९ संक्रमण देखिएको छ । वडा समितिले स्थानीय क्लब र व्यावसायीहरूसँगको सहमतिमा कडाइ गर्ने निर्णय गरेको छ ।
वडाध्यक्ष महर्जनका अनुसार व्यावसायी र सेल्स एजेन्टहरूको र्यान्ड विधिबाट कोभिड–१९ परीक्षणको तयारी भइरहेको छ । विक्रेता र ग्राहकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, पसलमा एउटा भन्दा बढी काउन्टर प्रयोग खोल्न नपाइने र प्रत्येक पसलमा सामाजिक दुरी कायम हुने वातावरण बनाउनु पर्ने उनको भनाई छ ।
COMMENTS