वीरगञ्ज, साउन ३२ गते । पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएका रौतहटको गौर नगरपालिका वडा नं। १ का ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए ।
मृत्युपश्चात सङ्कलन गरिएको स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको आइतबार साँझ आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको डा. सिंहले बताए । यी युवकको मृत्युसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ जसमध्ये साउन महिनामा मात्रै २४ जनाको मृत्यु भइसकेको छ ।
COMMENTS