देशका ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन, कतिपय जिल्लामा निषेधाज्ञा

काठमाडौं १ भदौ । देशभर कोरोना भाइरसको संक्रणम बढ्न थालेपछि ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन गरिएको छ ।

संक्रमण रोकथाम तथा नियनत्रणका लागि कतै जिल्ला प्रशासन कार्यालय मातहत निषेधाज्ञा लगाइएको छ भने कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् । गृह मन्त्रालयका अनुसार ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् ।

अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् । पर्सा, सप्तरी, बाके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ  । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरी नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ  । त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ । कागेश्वरी मनहराले पनि अत्यावश्यकबाहेकको व्यवसाय बन्द गराएको छ । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ भने त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board