काठमाडौं, २ भदौ । हालै युटुबमार्फत सार्वजनिक गरिएको भिडियोमा राष्ट्रिय झण्डा जलाई दृश्यको सर्वत्र विरोध भईरहेको छ । ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरिएको उक्त गीतमा नेपाली राष्ट्रिय झण्डा जलाईएको देखिन्छ ।
भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्यले अहिले सामाजिक सञ्जालमा चौतर्फी विरोध भईरहेको छ । धेरैले गायकलाई कारबाहीको माग गरेका छन् भने भिडिओलाई हटाउन समेत माग गरिरहेका छन् । अहिले नेपाल प्रहरीले उक्त भिडियो बनाउने टिमलाई खोजी गर्न सुरु गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यस विषयमा अनुसन्धान अघि बढाइसकेको बताएको छ । स्रोतका अनुसार एकजना भने पक्राउ परिसकेका छन् । थप व्यक्तिहरुको खोजी भइरहेको छ ।
उक्त भिडियो मकवानपुरको बागमति गाउँपालिका ३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको बुझिएको छ । मकवानपुरको घटना भएकोले जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गायकको खोजी गर्न टोली खटाइसकेको बताईएको छ । उनको खोजी गर्न जिल्लाबाट इन्स्पेक्टरको टोली खटिएको डिएसपी राणाले जानकारी दिए।
के छ मुलुकी अपराध संहिता ?
मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न।कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।
COMMENTS