इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश

काठमाडौं, २ भदौ । इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टरले फाईनलमा स्थान सुरक्षित गरेको हो ।

इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई दुई गोल गरे । ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे । इन्टर १० औं पटक युरोपियन प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । खेलमा अग्रता इन्टरले मार्टिनेजको गोलमा १९ औं मिनेटमा लिएको थियो ।

निकोलो बेरेलाको क्रसमा हेडमार्फत मार्टिनेजले सिरि ए क्लबलाई अग्रता दिलाएका हुन् । ड्यानिलोले ६४ औ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । मार्टिनेजले त्यसको १० मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० ले अघि बढाए । खेलको अन्तिम समयमा ५ मिनेटको अन्तरमा दुई गोल गर्दै लुकाकुले ईन्टरलाई फराकिलो जित दिलाए । ७८ औं मिनेटमा पहिलो गोल गरेका उनले ८३ औं मिनेटमा इन्टरका लागि पा“चौ गोल गरेका थिए ।

शख्तरले एक मात्र गोलको राम्रो अवसर सिर्जना गरेको थियो । तर जुनियर मोरेसको हेड प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । इन्टर एक अंकले पछि रहदै सिरि एको उपाधि गुमाएको थियो । इन्टर सन् २०११ पछि पहिलो उपाधिको नजिक देखिएको छ । सिरि ए क्लब इन्टरले अब उपाधिका लागि शुक्रबार सेभियासंग प्रतिस्पर्धा गर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board