‘समग्र परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी छ’

कोरोना महामारीका कारण यस बर्षको एस.इ.इ. परीक्षा हुन नसक्दा लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा थियो । यसै कुरालार्ई मध्यनगर गरी कक्षा १० को आन्तरिक मूल्याकंनको आधारमा एस.इ.इ. को परिणाम सार्वजनिक गर्दा यसको पक्ष र विपक्षमा मत विभाजन भएका छन् ।

यसै सन्दर्भमा रहेर शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, प्याब्सनका सहअध्यक्ष डिके ढुगांना र नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीसँग अनन्त अनुरागले गरेको कुराकानीको अशंः

अहिलेको एस.इ.इ.को नतिजालाई कसरी लिनुभएको छ ?
प्रा.डा.विद्यानाथ कोइराला: यसलाई मैले सामान्य ढंगबाट बुझेको छु । किनभने यो १० कक्षाको जाँच हो । यो एस.इ.इ.को जाँच होइन । किन त्यो हो भने एस.इ.इ.को परीक्षा बोर्डले परीक्षाको प्रश्नपत्र पठाएको होइन । सम्बन्धित स्कुलमा शिक्षकहरुले ३ महिना, ४ महिना पढाएर आन्तरिक जाँच लिए ।

विद्यालयहरुले आन्तरिक रुपमा लिएका जाँचहरुको मूल्यांकन संग्रहित गरेर बोर्डले नतिजा प्रकाशित गरिदिएको हो । त्यसैले एस.इ.इ.को रिजल्टको बारेमा त्यति कोकोहलो गर्नुपर्ने विषयवस्तु होइन । किनभने ४ कक्षाको जाँच र ९ कक्षाको जाँच जस्तो हो, अहिलेको एस.इ.इ.कोे यो जाँच पनि त्यस्तै नै हो । यसरी बुझ्दा राम्रो हुन्छ ।

अविभावक, विद्यालय, विद्यार्थीहरुलाई बोर्डमाथि विश्वास बढी विश्वास हुने तर विद्यालयले नै आन्तरिक मूल्याकंनको रुपमा नतिजा प्रकाशन गर्दा किन पक्ष र विपक्षमा विभाजन भए ?
प्रा.डा.विद्यानाथ कोइराला: किनभने हिजोदेखिको धङ्धङी कायमै छ । हिजोदेखिको एस.एल.सी. फलामे ढोका, अहिले एस.इ.इ. भयो अलि कमजोर भयो । अहिले १० कक्षा भनेपछि सबै स्कुलको बाटोमा गयो । त्यसैले मान्छेहरुले पहिलेको मोह छोड्न नसकेको मात्रै हो । तर, यसले ल्याउने असरहरुको बारेमा हामीले विश्लेषण गर्नुपर्ने जरुरी छ ।

हामीले बारम्बार भन्यौं तर परीक्षा बोर्डले मानेन । तयार भएन । मन्त्री महोदय तयार हुनु भएन, त्यसैले गर्नुभएन । दोस्रो, विद्यार्थीहरुलाई यही प्रश्न नै विद्यालय पठाइदिऊँ, शिक्षकहरुले कसरी जाँच गर्नुहुन्छ त्यसको नतिजालाई आधार मानेर जाने ।

त्यसलाई पनि उहाँहरुले मान्नुभएन । तेस्रो भनेको शिक्षकहरुले आफैं नम्बर हाले, नम्बर हाल्दाखेरी शिक्षकहरु कहिले उदार भए, उदार भएका थुप्रै उदाहरण छन् । आफनो ठाँउमा हुँदा धेरै नम्बर हाल्ने, अर्काका ठाँउमा हुँदा कस्ने ।

अहिलेको एस.इ.इ.को परिणामलाई गलत भन्नेहरुलाई गलत भन्ने धरातल छ ?
प्रा.डा. विद्यानाथ कोइराला : गलत होइन, अहिले गर्न सकिने दुई तीनवटा सम्भावना छन् । सम्भावना नं. १, घरमै बसेका विद्यार्थीलाई प्रश्नपत्र पठाइदिने । हामीले बारम्बार भन्यौं तर परीक्षा बोर्डले मानेन । तयार भएन । मन्त्री महोदय तयार हुनु भएन, त्यसैले गर्नुभएन । दोस्रो, विद्यार्थीहरुलाई यही प्रश्न नै विद्यालय पठाइदिऊँ, शिक्षकहरुले कसरी जाँच गर्नुहुन्छ त्यसको नतिजालाई आधार मानेर जाने । त्यसलाई पनि उहाँहरुले मान्नुभएन । तेस्रो भनेको शिक्षकहरुले आफैं नम्बर हाले, नम्बर हाल्दाखेरी शिक्षकहरु कहिले उदार भए, उदार भएका थुप्रै उदाहरण छन् । आफनो ठाँउमा हुँदा धेरै नम्बर हाल्ने, अर्काका ठाँउमा हुँदा कस्ने ।

दोश्रो विद्यार्थी करायो, तेश्रो के भयो भने अविभावकबुझयो मेरो विद्यार्थीलाई धेरै नम्बर हालि दिनुपर्छ । चौथो, मेरा विद्यार्थी शतप्रतिशत ४ जिपिए पाएभन्दा त स्कूलको इज्जत हुने भयो । त्यो निजीलाई पनि भयो, सरकारीलाई पनि भयो । अहिलेको परिणाममा परीक्षा बोर्डले खासै काम पनि गरेको छैन । अहिले परीक्षा बोर्डले विद्यालयबाट आन्तरिक मूल्याकंन संकलन गरेर छाप लगाई दिने हो । त्यसैले त्यत्रो हल्ला गर्नुपर्ने विषयवस्तु हो जस्तो लाग्दैन ।

तपाई प्याब्सनको अध्यक्ष पनि हुनुहन्छ एस.इ.इ.को रिजल्टले निजी क्षेत्र निकै खुशी हुनुहुन्छ होला । निजी क्षेत्रका स्कुलहरुले विगतमा भन्दा अहिले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएको छ हैन ?
डिके ढुंगाना: अगाडि डा. कोइरालाले भन्नुभएको विषयसँग पूरै सहमत छु । कुरा के हो भने, धेरै लामो अभ्यासपछि हामीले अहिले विशेष परिस्थतिमा नयाँ अभ्यासमा आयौं । विषय के हो भने, विद्यार्थीले एक बर्षभरी पढ्छ । एउटा मान्छेले पढाउँछ, अर्काे मान्छेले प्रश्नपत्रजाँच लिन्छन्, अर्काे मान्छेले कपि जाँच्छन्, अर्काे मान्छे नतिजा प्रकाशन गर्छ, बाहिर गेटमा बन्दुकलिएर प्रहरी बस्छ, के के न हो यो मानौं दुनियामा अर्कै चिज हुनलाग्योजस्तो गरेर यस्तो परीक्षाको म लामो समयदेखि आलोचक हो । तीनदशकदेखि विद्यालय शिक्षाको क्षेत्रमा काम गरें, ३० बर्षको अनुभवले के भन्छ भने, हामीले विद्यार्थीलाई अत्यन्तै पिडीत बनाएर राखेका थियौं । त्यस किसिमको परीक्षा प्रणाली हुनुहँुदैन भन्ने हाम्रो भनाइ हो ।

यसबाट बाहिर ल्याउनका लागि अहिले कोभिड–१९ ले सहयोग गर्यो । अब विद्यार्थीलाई जसले पढायो, उसले जाँच्ने अवसर पायो । चैतमा पढेको कुरा बैशाखमा परीक्षा लिँदा साँच्चिकै मूल्याकंन भयो त ? आज सामाजिक सन्जालमा टिकाटिप्पणी देख्दा कस्तो दुःख लाग्यो भने १०, २० जना केटाकेटीले आत्महत्या गरेको भए, विद्यार्थीकोे घरमा रुवाबासी चलेको भए, धेरै विद्यार्थी फेल भएर विद्यालय, शिक्षक र मन्त्रालयलाई उछित्तो काट्न पाएको भए रमाइलो हुन्थ्यो होला । यो सरल प्रक्रियाबाट डा. कोइरालाले भनेजस्तै हो ।

कतिपय विश्वविद्यालयमा ओपन बुक टेष्ट हुन्छ । कुन कुन बुकबाट प्रश्न सोधिन्छ र एउटा तोकिएको समयमा उत्तर लेखेर बुझाउनु पर्छ । विद्यार्थीका विभिन्न पक्षहरुको मूल्याकंन गर्ने हो, म चाहिं परीक्षा प्रणाली सुधार्नु पर्छ भने पक्षको मान्छे हो । अहिले जुन ढंगले विद्यार्थीहरुलाई हिजो गरेको कामको मूल्याकंन गरेर परीक्षाफल प्रकाशन गरिएको छ, त्यसमा धेरै टिप्पणी गर्नुपर्छजस्तो मलाई लाग्दैन । परीक्षाफल प्रकाशन गर्दा १९ को २० भएको होला म मान्न सक्छु तर १९ को ३१ भएको छैन । जुन तरिकाले टिकाटिप्पणी बाहिर आएको छ, त्यस्तो होइन ।

अहिले जुन ढंगले विद्यार्थीहरुलाई हिजो गरेको कामको मूल्याकंन गरेर परीक्षाफल प्रकाशन गरिएको छ, त्यसमा धेरै टिप्पणी गर्नुपर्छजस्तो मलाई लाग्दैन ।
परीक्षाफल प्रकाशन गर्दा १९ को २० भएको होला म मान्न सक्छु तर १९ को ३१ भएको छैन ।

स्कूलको, शिक्षकको सबैको एउटा इमेज हुन्छ, भोलि ऊ समाजमा उभिनुपर्छ । आज ए प्लस ल्याउने विद्यार्थी भोलि गएर ए प्लस ल्याउन सकेन भने त्यो विद्यार्थी बाँच्छ ? अविभावकले पनि मूल्याकंन गर्न ठाँउ नि त ? विगतका कामलाई, आजका कामलाई र भोलिका कामलाई मान्छेले हेर्ने भएको हुनाले एकदमै तलआर्लेर गरेको छैन । तर मलाई खुशी किन लागेको छ भने, जसले विद्यार्थीलाई पढायो, आजै उसैले जाँच लिएको छ, जसले पढायो उसैले मूल्याकंन ग¥यो । विद्यार्थीहरुको राम्रो मूल्याकंन भएको छ । यसलाई सकारात्मक ढंगले लिनुपर्छ ।

अविभावकको आँखाले हेर्दा अहिलेको एस.इ.इ.को परीक्षाफललाई कसरी हेर्नु भएको छ ?
सुप्रभात भण्डारी : दुईजना विद्वान्हरुले भनेका कुरामा मैले काट्नुपर्ने केही पनि छैन । मूल कुरा परीक्षा प्रणाली नै हो, यसलाई समयसापेक्ष परिवर्तन गर्न जरुरी छ । अहिले शिक्षा मन्त्रालयको कमजोरीले १० कक्षाको परीक्षालाई राष्ट्रिय परीक्षाको रुपमा लिइरहेका छन् । यो कुरा आज होइन, पहिले नै खारेज हुनुजरुरी थियो ।

यसलाई प्रदेश तह, तत्कालीन क्षेत्रिय तह वा जिल्लातहमा छोड्नुपथ्र्यो । जसरी ८ कक्षाको जिल्लास्तरीय परीक्षा हुन्छ अथवा अरु सामान्य अरु कक्षाको परीक्षा हुन्छ, त्यस्तै छोड्नुपर्ने ठाँउमा हामीले १९९० सालको लिगेसी बोेकेको त्यतिखेर ५७ प्रतिशत ल्याएर बोर्ड र्फस्ट हुने जमानामा के के जस्तो एस.एल.सी. पास भएपछि संसारै कटियो । यो परीक्षा अरु परीक्षाजस्तै हो भनेर हामीले सिकाएनौं ।

हाम्रो समाजले सिकाएन, हामीले सिकाएनौं र सिकेनौं, परिणामतः हामीले यसलाई ग्ल्यार्मसमा लग्यौं, पहिले बोर्ड फस्ट, त्यसपछि टप १०, त्यसपछि टप ३, उच्चतम् जिपिए आउने भनेपछि हाम्रो प्रणालीगत त्रुटी छ । शिक्षकले पढाउने, शिक्षकले जाँच्ने हो । अहिले आफैंले पढाएको विद्यार्थीको मूल्याकंन आफैंले गर्यौं । यहींनिर हामीले सन्देह र शंका गर्यौं, समाजले शंका गर्यौं । आफ्नो विद्यार्थीलाई बढी नम्बर हालिदियो भनेर हामी शंका गर्यौं ।

हाम्रो समाजले सिकाएन, हामीले सिकाएनौं र सिकेनौं, परिणामतः हामीले यसलाई ग्ल्यार्मसमा लग्यौं, पहिले बोर्ड फस्ट, त्यसपछि टप १०, त्यसपछि टप ३, उच्चतम् जिपिए आउने भनेपछि हाम्रो प्रणालीगत त्रुटी छ ।

यद्यपि त्यस्तो नहुन पनि सक्छ । समग्र परीक्षा प्रणालीमा सुधार आउनुपर्छ, तीन घण्टे परीक्षा प्रणालीको अन्त्य हुनुपर्छ । अरु विभिन्न ढंगले हामीले विद्यार्थीको मूल्याकंन गर्नुपर्छ ताकि शिक्षण, सिकाई जीवनमा उपयोग गर्न सक्यो कि सकेन, कि केवल प्रमाणपत्र मात्र बोक्यो ? अहिले कर्मकाण्डी नतिजालाई सरकारले छाप लगाई दिने काम मात्र गरेको हो । सम्पूर्ण शिक्षा प्रणाली र परीक्षामा आधुनिकीकरण गर्दै समयसापेक्ष रुपमा परिवर्तन गर्दै जानुपर्छ । यसरी सोच्नुपर्ने जरुरी देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board