काठमाडौं, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको आयोगले प्रतिवेदन बुझाएको छ। कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएको हो।
नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो। कार्यदलको बैठक अघिल्लो शनिबार,आइतबार, मंगबार, बिहीबार, शुक्रबार र आज शनिबार गरी जम्मा ५ दिन मात्रै बसेको छ । कार्यदलमा सबै विषयमा लगभग सहमति जुटिसकेकाले आजै अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार कार्यदलले यसअघि स्थायी कमिटीमा पेश भएका एजेण्डाकै वरिपरि रही विवाद समाधानका उपाय सहित प्रतिवेदन तयारी गरिएको बताए ।
तत्तकालका लागि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा नदिनेगरी कार्यदलले समाधानको खोजी गरेको उनले जनाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न मन्त्रीमण्डल हेरफेर हुन सक्ने यसअघि नै अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा खुलासा गरी सकेका छन् । कोरोना महामारीमा सरकारको काम कारवाही प्रभावकारी बनाउन महत्त्वपूर्ण सुझाव दिएको समेत कार्यदलका सदस्यले बताए ।
पार्टी महाधिवेशन सकेसम्म छिटो गर्ने र तत्कालिनका लागि पूर्णकालिन अध्यक्ष प्रचण्डले चलाउने हरेका राजनैतिक नियुक्तिमा प्रधानमन्त्रीले पार्टीसंग परामर्श गनुपर्ने कुराहरु समेटिएको कार्यदलका सदस्यले बताए । पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।
COMMENTS