काठमाडौं, ११ भदौ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । हालसम्म देशभरि १८३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ। सक्रिय सङ्क्रमित कुल सङ्ख्या १५,२७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
चौबीस घण्टाको अवधिमा फेला परेका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा ३७७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जनाए । १२,६२९ वटा नमुनाको परीक्षण गरिएकोमा ५६९ जना सङ्क्रमणमुक्त देखिएको छ ।
हालसम्म २०,००० भन्दा बढी सङ्क्रमितहरू निको भईसकेका छन् । सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुने भने, शभरि क्वारन्टीनमा ९,४८८ जना छन् ।
एकैदिन १ हजार १११ जनामा संक्रमण
नेपालमा बितेको २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरस कोभिड—१९ का संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पूरुषमा संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा ३७७ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ३७७ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
COMMENTS