अब दशरथ रंगशाला र भृकुटीमण्डपमा क्वारेन्टिन बनाईने

काठमाडौं, ११ भदौ । सरकारले उपत्यकाका तीन जिल्लामा ६ हजार जनालाई राख्न मिल्ने क्वारेन्टिन र ५ हजार बेड आइसोलेसन बनाउने भएको छ । आज कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी)का संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गृह र स्वास्थ सचिवलगायतको बैठकमा यसबारे छलफल भएको हो ।

बैठकमा उपत्यकाका मेयर फोरमका संयोजक मदनसुन्दर श्रेष्ठले क्वारेन्टिन र आइसोलेसन तयार गर्न ठाउहरु प्रस्ताव गर्नुभएको थियो । जसअनुसार दशरथ रंगशाला र भृकुटीमण्डपमा एकीकृत क्वारेन्टिन बनाउने निर्णय भएको छ । आइसोलेसनका लागि निजी विद्यालयका होस्टलहरु लिइने छ । यसका लागि ललितपुरको लिटल एन्जल, जेम्स, पुल्चोक क्याम्पस र सेन्ट जेभियर्स स्कुल पनि प्रयोग गर्ने प्रस्ताव गरिएको छ ।

पशुपतिको वृद्धआश्रम, डिल्लीबजारस्थित व्यक्तिको भवन, इचुंगु बस्ती, मनमोहन मेडिकल कलेज, महेन्द्रनारायण अस्पताल, राधास्वामीको भवन र आवश्यक परे दरबार हाइस्कुलको भवन समेत प्रयोग गर्न सकिने गरी तयारी भइरहेको मेयर मदनसुन्दर श्रेष्ठले बताए । त्यस्तै, काठमाडौं इन्जिनियरिङ कलेज र एन्फा एकेडेमी पनि प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ । जनमैत्री अस्पताल, चिरायु अस्पताल, भक्तपुरको कृषि विकास बैंकको तालिम केन्द्र, नेपाल इन्जिनियरिङ कलेज, बालकोटको रेडक्रस भवनमा पनि आइसोलेसन बनाइने भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board