म्यानचेस्टरका मिडफिल्डर पोग्बा कोरोना संक्रमित

काठमाडौं, १२ भदौ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

फ्रान्सेली मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको बीबीसीले जनाएको छ । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका छन् ।

कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् ।२७ वर्षीय पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहेका थिए । तर, कोरोना देखिएपछि विश्वकप विजेता पोग्बाको स्थानमा एडवार्डो कामाभिङ्गालाई टिममा बोलाईएको छ । कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आईसोलेसनमा रहेका छन् ।

उनले युनाइटेडको प्रि(सिजन तयारी पनि गुमाउने भएका छन् । कोरोना देखिएपछि अर्का मिडफिल्डर टान्गुइ एन्डोमबेले पनि फ्रान्सको टिमबाट बाहिरिएका छन् । नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले सेप्टेम्बर ५ मा स्विडेनसँग खेल्नेछ । यस्तै सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board