काठमाडौंं, १२ भदौ । उपत्यकामा कोरोना संक्रमितको संख्या दर निरन्तर बढिरहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ जना र लतिलपुरमा ११ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा स्रोत पहिचान नभएका संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए ।
COMMENTS