एक वर्षमा एक अर्बको बिजुली भारत निर्यात

काठमाडौं, १४ भदौ । नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो । यसले देश विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको संकेत गरेको प्राधिकरणले जनाएको छ ।

आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७७मा ४१ अर्ब ३० करोड रुपैयाँको विद्युत निर्यात गरेको हो । प्राधिकरणले त्यसलाई बढाएर ९५ करोड ७० लाख रुपैयाँ पुर्‍याएको हो । गत आवमा ९ करोड युनिट ऊर्जा निर्यात गर्ने लक्ष्य राखेकोमा १० करोड ७० लाख युनिट विद्युत निर्यात भएको छ । यो कुल आयातको तुलनामा ६ प्रतिशतबराबर रहेको प्राधिकरणले तथ्याङ्क सार्वजनिक गरेको छ ।

गत आवमा सबैभन्दा बढी असोजमा २ करोड ९६ लाख युनिट ऊर्जा भारत निर्यात गरिएको थियो । सबैभन्दा कम वैशाखमा सबैभन्दा कम १० हजाुर युनिट ऊर्जा निर्यात गरिएको थियो । कुशहवा-कटैया, परवानीपुर-रक्सौल, ढल्केबर(मुजफ्फरपुर र रामनगरबाट भारत विद्युत निर्यात गरिएको हो । आव २०७२/७३मा साढे ३१ लाख, २०७३/७४मा २६ लाख ९० हजार, २०७४/७५मा २९ लाख ४० हजार, २०७५/७४मा ३ करोड ४७ लाख र २०७६/७७मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको थियो ।

भारतबाट आयात हुने विद्युतको अंश घट्दै गएको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत अवमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२।३४ प्रतिशत आयात भएको छ । देश जतिबेला १४ घन्टासम्मको लोडसेडिङमा थियो, मुलुकभित्रको कूल विद्युत खपतको करिव ३५ प्रतिशतविद्युत भारतबाट आयात गर्नु पर्ने अवस्था थियो ।

नेपाल(भारतबीच करिब ३५० मेगावाट विद्युत् प्रवाह हुनसक्ने अन्तरदेशीय प्रसारण संरचना रहेकोमा अहिले प्रसारण क्षमता वृद्धि भई करिव १५०० मेगावाट पुगेको छ । न्यु बुटवल-गोरखपुर मैनहिया-सम्पत्तिया, इनरुवा-पूणिर्या, लम्की-बरेली, कोहलपुर-नानपाराजस्ता नेपालभारत वीचको अन्तरदेशीय प्रसारण लाईनहरु अध्ययन एवं कार्यन्ययनको विभिन्न चरणमा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board