फेरि उकालो लाग्यो सुनको मुल्य

काठमाडौँ, १६ भदौ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ । भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो लागिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले वृद्धि भएको छ । महासङ्घले आजका लागि छापालाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० पुगेको छ । सोमबार छापावाला सुनको मूल्य रु ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार कायम गरिएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेर एक हजार ३९५ पुगेको छ । शुक्रबार ६९ हजार ९०० मा झरेको सुनको मूल्य आइतबार बढेर प्रतितोला रु ९७ हजार २०० र सोमबार रु ९७ हजार ५०० पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board