कोरोना ‘इपिसेन्टर’ मानिएको चीनको उहानमा विद्यालय सुचारु

काठमाडौं, १७ भदौ । कोरोना भाइरस अर्थात् कोभिड–१९ को उत्पत्ति भएको चीनको उहान सहरका १४ लाख बालबालिका डिसेम्बरपछि पहिलोपटक विद्यालय फर्किएका छन् ।

उहानका सबै विद्यालयहरुले साताको अन्तिममा प्रत्येक ढोकामा चेकप्वाइन्ट स्थापना गरेका थिए । बिहान विद्यार्थीहरु आउँदा सबैको तापमान नाप्नु अनिवार्य गरिएको छ भने घर आउँदा र विद्यालय जाँदा मास्क लगाउनुपर्ने हुन्छ । यद्यपि विद्यालयमा भने मास्क अनिवार्य गरिएको छैन ।

उहानमा अहिले विद्यालय खुले पनि कोरोना भाइरसको दोस्रो लहर आएको खण्डमा भने पुनः अनलाइनबाट पढाइ गर्ने दिशामा पनि तयारी सुरु गरिएको छ ।

उहानमा गत अप्लिमा लकडाउन हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको समग्र संख्यामध्ये उहानका मात्रै ८० प्रतिशत छन् । कोरोना नियन्त्रणका लागि उहानमा जनवरीदेखि ११ सातासम्म लकडाउन गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board