पाटन अस्पतालमा कोरोनाबाट आमा–छोराको मृत्यु

भक्तपुर, १७ भदौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ । पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएसंगै कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको हो ।

यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् ।

युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board