सीमामा भारतीय सैनिकको मृत्यु नभएको चीनको दाबी

काठमाडौं, १७ भदौ । चीन-भारत सिमाक्षेत्रमा चीनले कुनै पनि भारतीय सैनिकको मृत्यु नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले पत्रकार सम्मेलनमा सो कुरा बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

चिनियाँ सैनिकसँग लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा भएको झडपमा एक जना भारतीय सैनिककाृ मत्यु भएको खबर मिडियामा सार्वजनिक भएको थियो । रिपोर्टले जनाए अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए । २९–३० अगस्तको राति चीनका करिब ५ सय सैनिकले एक पहाडमा कब्जा जमाउने प्रयास गर्दा भारतीय सेनासँग झडप भएको मिडिया रिपोर्टमा जनाईएको छ ।

तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर अघियारीले मंगलबार एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै तिब्बती मूलका एक सैनिक शहीद भएको जानकारी दिए । उनले एक सैनिक घाइते भएको पनि बताए । यसअघि गत ५ जुनमा लद्दाखको गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतका २० जना सैनिक मारिएका थिए । चीनतर्फ कति हताहत भए भन्ने अझै खुलेको छैन । यसबारे भारतीय सेनाको आधिकारिक बयान भने आएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board