काठमाडौंं, १८ भदौ । उपत्यकामा कोरोना संक्रमितको संख्या दर निरन्तर बढिरहेको छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी ४४५ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा स्रोत पहिचान नभएका संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयका प्रवक्ता डा गौतमले जनाए ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ ।
COMMENTS