भोलि ललितपुर क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं, १८ भदौ । भोली चक्रपथ क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालय, ललितपुरले कर्फ्यू आदेश जारी गरेको छ ।

भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको हो । रथलाई पुल्चोकबाट ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको उनले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board