नेशन्स लिग फुटबलमा स्पेनसंग जर्मनी पराजीत

काठमाडौं, १९ भदौ । नेशन्स लिग फुटबल स्पेनले जर्मनीलाई जितेको छ । गएरातिको खेलमा जर्मनीले दोस्रो हाफको सुरुमा लिएको अग्रता अन्तिम समयसम्म कायम राखेको थियो ।

तर इन्जुरी समयमा स्पेनले बराबरी गोल गरेर खेलमा आफू हारबाट जोगियो भने जर्मनीलाई जित दर्ता गर्न दिएन । गोसेन्सको सहयोगमा टिमो वेर्नरले ५१ औँ मिनेटमा गोल गरी जर्मनीलाई अग्रता दिलाए । तर स्पेनका लागि जोसे गायाले बराबरी गोल गरे । इन्जुरी समयको पाँचौँ मिनेट अर्थात ९५ औँ मिनेटमा गायाले रोड्रिगोको सहयोगमा गोल गरेका हुन् । झण्डै १० महिनापछि दुवै टिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किएका हुन् । दुई ठूला देशबिचको खेल अति रोमाञ्चक बनेको हो ।गएराति कै अर्को खेलमा वेल्सले फिनल्याण्डमाथि १–० को जित दर्ता गरेको छ । वेल्सको जितमा ८० औँ मिनेटमा किएफर मूरले गरेको गोल नै निर्णायक बनेको हो ।

नेशन्स लिग अन्तर्गत बिहीबार राति भएका अरु खेलमा रुसले सर्बियालाई ३–१, युक्रेनले स्वीट्जरल्याण्डलाई २–१, हंगेरीले टर्कीलाई १–० तथा फारोइ आइल्याण्डले माल्टालाई ३–२ ले पराजित गरेका छन् । यस्तै लात्भिया र एन्डोरा तथा स्लोभेनिया र ग्रिसले गोलरहित, माल्डोभा र कोरोभो तथा बुल्गेरिया र रिपब्लिक अफ आयरल्याण्डले १–१ को बराबरी खेलेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board