देशभर थपिए एकैदिन १ हजार ४१ जनामा कोरोना संक्रमित,९ जनाको मृत्यु

काठमाडौं, २० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार अहिलेसम्म २७ हजार १२७ सङ्क्रमित निको भाई घर फर्किईसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ५६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा १७ हजार ८ सय ७० जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ८६६ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् । अहिले देशभरि कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

थप ९ जनाको मृत्यु ?

कोरोना भाईरसका संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । त्यस्तै, हालसम्म २८० जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् ।

शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसैगरी देशभर हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board