नेपालमा थप ९८० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं, २१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ९८० जनामा थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अब नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४७,२५७ पुगेको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सरकारी तथ्यांक अनुसार देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरि आइसीयूमा १७४ र भेन्टिलेटरमा २७ जना रहेका छन्।

थप ९ जनाको मृत्यु
कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ९ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

उपत्यकामा ३५४ जनामा संक्रमण
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२र३२ जनामा संक्तमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांमा छ । २४ घण्टामा कोरोनाबाट निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

आज देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board