अष्ट्रेलियासँगको टी– ट्वेन्टी क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्ड विजयी

काठमाडौं, २२ भदौ । अष्ट्रेलियासँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ ।

गएराति भएको दोस्रो खेल ६ विकेटले जितेसँगै इंग्ल्याण्डले श्रृङ्खला नै जितेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेट बनाएर एक सय ५७ रन बनाएको थियो ।

तीन रन बनाउँदा दुई विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा उसले एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो ।

तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर सात बल अघि नै भेटायो । उसका लागि जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board