विश्वेश्वरप्रसाद कोइराला व्यक्तित्व र कृतित्व

नेपाली आख्यान साहित्यमा मनोविज्ञानलाई भित्राउने श्रेय विश्वेश्वरप्रसाद कोइरालालाई जान्छ । उनले नेपाली साहित्यलाई नयाँ गोरेटो प्रदान गरेका हुुन् । साहित्यका क्षेत्रमा नयाँ आयाम लिएर उभिने उनको व्यक्तित्वका अनेक पाटाहरु देखिापरेका छन् । नेपाली आख्यानका इतिहासमा नवीन भित्ती लिएर देखिने कोइरालाको जन्म वि. सं. १०७१ सालमा वनारसमा भएको चियो । उनले नेपाली साहित्यका क्षेत्रमा दिएको योगदान कदर योग्य रहेको पाईन्छ । वनारस हिन्दूू विश्वविद्यालय र कलकत्ता विश्वविद्यालयबाट कानुुन, राजनीतिशास्त्र र अर्थशास्त्रको अध्ययन कोइरालाले गरेका हुन् । राजनीतिलाई समान परिवेशमा बोकेका कोइराला पक्कै पनि साहित्यको कोटीमा देखापर्ने एक महनीय व्यक्तित्वका रुपमा चिनिएका छन् । साहित्यका क्षेत्रमा कोइराला जुनरुपमा अघि बढेका छन् त्यसले उनको व्यत्तित्वलाई निखारेको समेत पाईन्छ । साहित्य र राजनीतिका सन्दर्भमा उनले आफ्नो दृष्टिलाई उल्लेख गर्दैै भनेका छन् म राजनीतिमा एउटा व्यक्ति छु भने साहित्यमा एकदम अर्को । यसरी मभित्रका दुुई प्राणीले दुुई पृथकपृथक कार्य गरिरहेका छन् भन्ने मलाई लाग्छ । ती दुुईटा प्राणीहरुको कहिल्यै पनि आपसमा भेट्घाट भएको छैन । । त्यसो हुुनाले मेरो लेखनीमा राजनीतिको कुनै गन्ध छैन । उनको यो अभिव्यक्तिले साहित्य र राजनीति जीवनका एकै पाटाका सहयात्री हुुन सक्दैनन् । तर साहित्यले समाजलाई हेर्नुुपर्ने हुुन्छ र समाजका यावत् सन्दर्भलाई गतिलो तरिकाले अभिव्यक्त गर्नुपर्ने हुुन्छ र त्यो नेपाली साहित्यले गरिरहेको पनि छ ।

लेखक, डा.गणेशप्रसाद घिमिरे

साहित्य समाजको प्रतिबिम्ब हो । समाजको सन्दर्भ र सामाजका घटनाको छायाचित्रका रुपमा साहित्यलाई लिने गरिन्छ । नेपाली साहित्यका क्षेत्रमा विश्वेश्वरप्रसाद कोइराला एक अनुुभवशाली साहित्यकारका रुपमा परिचित बनेका छन् । सामाजिक सन्दर्भलाईभन्दा पनि मनोविज्ञानलाई साहित्यमा प्रवेश गराउने कोइरालाले व्यक्तिमनको गहिराईमा पुुगेर जीवनको चेतनालाई छामेको देखिन्छ । साहित्यका क्षेत्रमा जुुनकिसिमको सचेतता कोइरालाले समाहित गरे त्यसले साहित्यको फुुलबारी मग्मगाएको पाईन्छ । साहित्यकार व्यक्तित्वका रुपमा उभिएका कोइरालाको साहित्यमा सामाजिक संरचनाभन्दा व्यक्ति मनोविज्ञानले काम गरेको देखिन्छ । साहित्यमा प्रवेशका सम्बन्धमा कोइराला आफै यसरी स्वीकृति जनाउँछन म प्रथमतः महात्मा गान्धी त्यसपछि कार्लमाक्र्स र अन्त्यमा सिग्मण्ड फायडबाट प्रभावित भएको हुुँ । तर गान्धी र माक्र्सलाई साहित्यमा प्रयोग गर्न सकिँदैन किनभने उनीहरु सामायिक छन् । फ्रायडमात्र वैयक्तिक भएकाले मैले त्यही क्षेत्र चुुनेँ । यसरी साहित्यमा फ्रायडलाई चुुनेका कोइरालाले व्यक्ति मनोविज्ञानका माध्यमबाट साहित्यको क्षेत्रमा आफूलाई उभ्याएको पाईन्छ । उनले साहित्यका क्षेत्रमा खाशगरी कथा र उपन्यासमा कलम चलाएका छन् । उनका कृतिहरुलाई हेर्दा दोषी चश्मा, स्वेतभैरवी (कथासङ्ग्रह) र सुुम्निमा, तीनघुुम्ती, नरेन्द्र दाई,मोदी आइन, हिटलर र यहुुदी, बाबुु आमा र छोरा उपन्यास साहित्यलाई दिएका छन् ।

साहित्य र राजनीतिका सन्दर्भमा कोइरालाको भावना र उनको चिन्तन नेपाली साहित्यकारभन्दा भिन्न किसिमको देखापरेको छ । साहित्यका क्षेत्रमा कोइरालाको चिन्तनले वैयक्तिक भावनालाई अवलम्बन गरेको पाईन्छ । साहित्यमा समाजको बिम्ब उतार्नुुभन्दा कोइराला व्यक्तिको मनभित्र समाहित हुुन रुचाउँछन् । व्यक्तिमनको केन्द्रमा रहेर मानवभित्रको यौनजन्य चेतनालाई अभिव्यक्त गर्नु कोइरालाको साहित्य चिन्तनको कसी मानिएको पाईन्छ । यसरी कोइरालाको व्यक्तित्वका दुुईपाटामा पहिलो राजनीतिको पाटो पनि सबल नै देखापरेको पाईन्छ । राजनीतिको पाटोमा कोइरालाको व्यक्तित्वलाई विविध तरिकाले उजागार गरेको पाईन्छ । साहित्यिक पाटाका बारेमा पनि अध्ययन मनग्ये भएको पाईन्छ । तर कोइरालाले जुुन चिन्तनलाई साहित्यमा भित्राएको देखिन्छ त्यो चिन्तन नेपाली साहित्यका क्षेत्रमा भने नयाँ किसिमको देखापरेको छ । यसरी नेपाली साहित्यमा उदाएका कोइरालाका साहित्यिक कृतिहरुको स्वरुप भने मनोविज्ञानमा गएर टिकेको देखिन्छ ।

नारीमा विद्यमान ममता र उसमा रहेको यौनको पराकाष्टालाई तीनघुुुम्ती उपन्यासले देखाएको छ । एउटी नारीको चाहनालाई नबुुझेका बाबुुआमाको आदेश विपरीत आफ्नो प्रेमीसित गरेको विवाह, पतिको जेल गमनपछि परपुुरुषसित सल्कने नारी, पतिको तिरस्कारपछि छोरीलाई लिएर भिन्न अवस्थामा पुुगेकी नारीको एकल निर्णयलाई तीनघुुम्तीले गतिलो तरिकाबाट बताएको छ । एकातिर कोइरालाको मनोविज्ञानको पाटो उदाङ्गो भएको छ भने अर्कोतिर नारीमा निर्णय गर्नसक्ने क्षमताको विकासले तत्कालीन समाजको चित्र समेत उतारिएको छ ।

कोइरालाको अर्को उपन्यास सुुम्निमा दुुई भिन्न संस्कृतिको संयोगस्थलका रुपमा मानिएको छ । आर्य सभ्यता र किराँत संस्कृतिको समन्वयलाई यसमा समावेश गरिएको छ । दुुुवै संस्कृतिको समन्वयका रुपमा यो उपन्यास आएको छ । दुई संस्कृतिको मिलनबिन्दुु देखाएर कोइरालाले मानव सभ्यता समान रहेको तथ्यलाई स्वीकृति दिएको देखिन्छ । मानव सभ्यता र संस्कृति भिन्न भए पनि मानवीय चेतना एक रहेको सङ्केत यसमा गरेको देखिन्छ ।

नरेन्द्र दाई कोइरालाको व्यक्तिगत जीवनका भावलाई अभिव्यक्त गर्ने उपन्यास हो । एउटी पत्नी र प्रेमिकाको प्रेमलाई जुुनरुपमा यस उपन्यासको पात्र नरेन्द्रले निभाएको छ त्यसमा कोइरालाको मनोविज्ञानभन्दा पनि यौनजन्य भावको अत्यधिक भावनागत सौन्दर्य उद्घाटित भएको छ । कोइरालाको यो उपन्यासले जीवनको त्यो रुप पस्केको छ जसमा मानवमा हुुने पुुरुषको चिन्तनलाई जीवन्तताका रुपमा मान्न सकिन्छ । एउटा पुुरुषमा विद्यमान यौनलाई कोइरालाले यो उपन्यासमा गतिलो तरिकाले पस्केका छन् । यसका साथै यौन जैविक आवश्यकता हो र यसको परिपूूर्तिका लागि मानव कुुनै पनि बाटोमा संलग्न हुुन सक्दछ भन्ने संकेत नरेन्द्र दाइ उपन्यासले दिएको छ ।

मोदी आइन उपन्यास शान्ति र युद्धको दोधारमा उभिएको उपन्यास हो । अर्जुुनले महाभारतको युुद्धमा जुुनकिसिमको शौर्य प्रस्तुत गरे त्यो युद्धबाट प्राप्त सबै भोग्य वस्तुुलाई छोडेर जानुुप¥यो त्यही अवस्थाको चित्रण यसमा गरिएको छ । सामान्यतया शान्तिको माध्यमबाट संसारमा विजय पाउन सकिन्छ युुद्धबाट होइन भन्ने सन्देशलाई कोइरालाले यसमा प्रस्तुत गरेका छन् । राजनीतिमा पनि उनले अपनाएको बाटो शान्ति हो युुद्ध होइन भन्ने कुुराको सन्देश मोदी आइन उपन्यासले दिन खोजेको छ ।

कोइरालाको हिटलर यहुुदी उपन्यासमा जर्मन शासक हिटलरले यहुुदी माथि गरेको अत्याचारलाई खुलस्तरुपमा उतारिएको छ । यसमा पनि युुुुद्धको डरलाग्दो बिभीषिका प्रयोग गरेर अन्त्यमा शान्तिबाट संसारको विजयलाई बदल्न सक्ने अवस्थालाई कोइरालाले व्यक्त गरेका छन् । शान्तिका माध्यमबाट जसरी संसार परिवर्तन गर्न सकिन्छ युुद्धबाट होइन भन्ने मुख्य सारलाई उपन्यासले मुुख्य विषयको तन्तुुमा उनेको छ ।

बाबुु आमा र छोरा उपन्यासले पनि मानवीय संवेदनाको भावलाई अभिव्यक्त गरेको छ । यौनजन्य भावनाको र यौनको उत्कर्षका रुपमा आएको वर्तमान सन्दर्भलाई यहाँ राखिएको छ । नेपालीसमाजलाई अपाच्य हुुने खालको विषयलाई कोइरालाले यो उपन्यासको कथावस्तुु बनाएका छन् । नेपाली समाजको नभई मानिसमा विद्यमान यौनको गतिलो उदाहरणका रुपमा यो कृति आएको छ ।

साहित्यमा जुुन किसिमको उपस्थिति कोइरालाको देखापरेको छ त्यसले नेपाली आख्यानमा मनोविज्ञान भित्राउने श्रेय उनलाई प्राप्त भएको छ । कोइरालाले नेपाली कथाका क्षेत्रमा पनि योगदान गरेका छन् । वि.सं. १९९२ मा शारदा पत्रिकामा चन्द्रवदन कथा प्रकाशन गरेर कथासाहित्यमा देखिएका कोइरालाले दुुईओटा कथासङ्गह प्रकाशन गरेका छन् । कोइरालाका कथाहरुमा पनि मनोविज्ञानको उपस्थिति देखिएको छ । कोइरालाको साहित्यले दिने सन्दर्भलाई हेर्ने हो भने कथाकार कोइराला र उपन्यासकार कोइराला समान परिवेशमा उभिएको व्यक्ति मान्न सकिन्छ । कथामा मनोविज्ञानलाई पिरोएर व्यक्तिकेन्द्रित बनेका कोइराला उपन्यासमा पनि त्यही प्रक्रियालाई आत्मसात गर्ने साहित्यकारका रुपमा देखापरेका छन् ।

कोइरालाको साहित्यलाई भाषागत दृष्टिले हेर्ने हो भने उनका साहित्यको भाषा मिश्रित खालको देखिन्छ । कथाकार गुुरुप्रसाद मौनालीको जस्तो सरल र सहज किसिमको भाषा कोइरालाका कथाहरुमा पाईँदैन । उनको भाषामा प्राञ्जलता पाईन्छ भने संस्कृत भाषाका शब्दहरुको प्रयोगगत स्वरुप उनका साहित्यमा पाईने विशेषता हो । उनका उपन्यास पनि भाषिक प्राञ्जलताले भरिएका छन् । उनका उपन्यासको भाषा लैनसिंह बाङ्देलको जस्तोगरि बगेको पाईँदैन ।

कोइरालाका कथा र उपन्यासका पात्रहरु खाशगरी नेपाली समाजका उच्च मध्यम पारिवारिक वातावरणमा हुुर्केका देखिन्छन् । समाजको निम्नवर्गीय परिवेशका पात्रहरुको उपस्थिति कोइरालाको साहित्यमा पाईँदैन । यसरी नेपाली आख्यान साहित्यमा मनोविज्ञानलाई जीवन्त पार्ने कोइराला नेपाली साहित्यका प्रज्ज्वल नक्षत्रका रुपमा देखापरेका सारथी हुुन् । साहित्यलाई मात्र नभई राजनीतिलाई पनि आफ्नो जीवनको अनुभूूति ठान्ने कोइराला वि.सं. २०३९ सालमा संसारबाट बिदा भएका हुुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board