भूमिको अधिकतम प्रयोग गरेर गरिबीको अन्त्य: मन्त्री अर्याल

काठमाडौं, २३ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने सरकारको योजना रहेको बताए । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथि भर्चुअल छलफलमा उनले गरिबी निवारणका निम्ति सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

मन्त्री अर्यालले गरिब पहिचानको काम मन्त्रालयले गरेको भन्दै अब गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर मुलुकबाट गरिबी अन्त्य गर्ने समेत बताए । “देशभित्र पर्याप्त रोजगारीको सिर्जना गर्ने, गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नु पर्नेछ,” उनले भने ।

सहकारीमार्फत गरिब लक्षित कार्यक्रम चलाउने गरी योजना बनाउन मन्त्री अर्यालले सहकारी क्षेत्रलाई आग्रह गरे । सहकारी क्षेत्र र निजी क्षेत्रसँग सरकारले सहकार्य गरेर मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनुपर्ने उनको भनाइ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board