काठमाडौं, २५ भदौ । सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएका छन् ।
उपत्यकामा साउनको २८ देखि भिडभाड भएको भनेर सेवा प्रवाह बन्द गरेको मालपोत कार्यलयले आजबाट सेवा शुरु गरेको हो । आज र भोलि अत्यावश्यक परेका सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काम गरिने र आईतबारबाट सम्पूर्ण सेवा दिइने तर कुन बार के सेवा दिने भन्ने चाहि निर्धारण भईनसकेको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायाण पौडेलले जानकारी दिए । सेवा एकैपटक पाइनेछैन । साथै, आइतबारबाट स्थानीय तथा वडामा विभाजन गरेर आलोपालो प्रणालीमा कारोबार खुल्ला गर्ने निर्णय भएको पनि उनले बताए ।
उपत्यकाको हकमा पनि स्थानीय तह अथवा वडाहरुमा आलोपालो गरेर कुन स्थानीय तहमा कुनबार खुल्छ भनेर तालिका प्रकाशित हुनेछ । तालिका साउन २८ गतेभन्दा अगाडीका अनुसार हुने पौडेलले भने । सम्बन्धित मालपोत कार्यालयले सम्बन्धित स्थानीय तहलाई सो तालिकाको जानकारी पठाउनेछ । उपत्यकामा ८ वटा मालपोत कार्यालय छन् ।
आइतबारदेखि १० देखि ५ बजेसम्म कार्यालय खुला रहनेछ । यदि भिडभाड छ भने ५ बजेभन्दा बढी समय पनि कार्यालय खुलाउने उनले बताए ।
COMMENTS